
सचतक नेपाल डेस्क,
१६ श्रावन, राैतहट । राैतहटकाे सदरमुकाम गाैरमा शहरी विकास मन्त्रालयद्धारा नगरपालिकामा ४० करोड भन्दा बढि रकमबाट निर्माण हुने सभाहल, विवाह मण्डप, कालो पत्रे सडक सहितका परियोजनाहरुको एक समारोहका विच सोमवार नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शिलान्यास गरेका छन् ।
शहरी विकास मन्त्रालयद्धारा विनियोजन गरिएको बजेटबाट गौर नगरपालिका वडा नम्वर २ मा करिव २० करोडको लागतमा ३०० क्षमताको सभा हल (टाउन हल), वडा नम्वर ४ कविर चोकमा विवाह भवन, टिकुलिया र सिर्सिया निर्माण हुने कालोपत्रे सडकको पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपाल र शहरी विकास मन्त्री मेटमणी चौधरीले आज संयुक्त रुपमा शिलान्यास गरेको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै एकिकृत समाजवादी अध्यक्ष नेपालले विकासको दृष्टिकोर्णबाट धेरै पछाडी परेको रौतहट जिल्लामा विकासको सुनामी ल्याएर देशमै विकसित जिल्लाको रुपमा बनाउने प्रतिबद्धता गरे । रौतहटको समग्र विकासको लागि नेकपा एकिकृत समाजवादी पार्टीले हरेक क्षेत्रमा काम गरेर यहाँको जनतालाई सुखी एवं समृद्ध बनाउने काम जारी रहेको उनले भने ।
यहाँका जनताहरुलाई विकास चाहिएको छ, परिवर्तन चाहिएको छ,जसलाई पुरा गराउन नेकपा एस पार्टीले योजनाबद्ध ढंगबाट दिर्घकालिन रुपमा विकासको लहर ल्याउन माष्टरप्लान सहित योजनाहरुको शिलान्यास गरेर निर्धारित समयमा पुरा गराउने तर्फ क्रियाशिल रहेको स्पष्ट पारे । स्वास्थ्य क्षेत्रलाई सबल बनाई गुणस्तरिय चिकित्सा व्यवस्थापन र गुणस्तरिय शैक्षिक सुधारको योजनाहरु चाँडै संचालनमा ल्याउने उनले बताए ।

शहरी विकास मन्त्री मेटमणी चौधरीले विकासको परियोजनाबाट टाढा रहेका जिल्लाहरुमा प्राथमिकताको साथ मन्त्रालयले योजनाहरुलाई लिपीबद्ध गरेर क्रमश शिलान्यासको कार्यक्रमहरु अगाडी बढाएको बताउदै यस मन्त्रालयबाट विना भेदभाव गरी आवश्यक्तालाई मध्यनजर राख्दै आम जनसमुदायको चाहना अनुसार काम गरिरहेको बताए ।
सो अवसरमा शहरी विकास मन्त्रलायका सचिव डा. रमेश सिंहले सभाहल, विवाह भवन, सडक, ढल निकास सहितको योजना अन्तर्गत आजै ४० करोड भन्दा बढिको योजनाहरुको विभिन्न स्थानमा शिलान्याश गरिएको बताउदै पहिला पनि गौर मात्रै शहरी विकास मन्त्रालयबाट २ अर्बको परियोजना संचालनमा रहनुका साथै समग्रमा रौतहट जिल्लामा शहरी विकासको झण्डै ५ अर्व भन्दाको योजनाहरु संचालनमा रहेको जानकारी दिए । निर्धारित समयमा योजनाहरु पुरा गराउने दायित्व हाम्रो मात्रै नभई तपाईहरुको पनि भएको हुँदा समय समयमा अनुगमन गरेर गुणस्तरिय कार्य गराउन समेत उनले रौतहटबासी संग आग्रह गरे ।
गौर नगरपालिकाको मेयर शम्भु साहले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सक्रियताको कारण आज करोडौंको रकमबाट निर्माण हुने विभिन्न योजनाहरुको शिलान्यास गरिएको जिकिर गर्दै पार्टीप्रति एवं रौतहट क्षेत्र नम्वर १ मा अध्यक्ष नेपाल प्रति सहानभुती रहयो भने रौतहट देशमै विकासित जिल्लाको रुपमा अगाडी बढ्ने र यहाँको गरिवी, अशिक्षा, वेरोजगारी दुर भई आत्मनिर्भर बन्ने विश्वास उलने व्यक्त गरे । सो शिलान्यास कार्यक्रममा साँसद कल्याणी खड्का, सरला यादव, रामकुमार भटराई, डा. बंशीधर मिश्र, प्रदेश सरकारको मन्त्री नागेन्द्र यादव, प्रदेश साँसद बाबुलाल साह, राजदेवीको मेयर भिखारी राय यादव, बौधीमाईको मेयर प्रदीप यादव, वृन्दावनको मेयर विनोद पटेल, दुर्गा भगवतीको अध्यक्ष शम्भु सिंह, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही सहितका स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

साभार : तराईटप