Sunday, June 23
Shadow

मन्त्रिपरिषद्को बैठक आज बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

सचतक नेपाल डेस्क,
१६ श्रावन, रौतहट । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्।

सोमबार बस्न लागेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको उनले बताएका छन् । निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ ।

आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । आगामी मंसिर २ गते गर्ने आयोगले निर्वाचन मिति प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *