सन्दिप मिश्र,
१४ श्रावन, सर्लाही । सर्लाहीको बरहथवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको ईशनाथ नगरपालिका–५, लक्ष्मीनियाँ टोल बस्ने २६ वर्षीय मुकेश साहको मृत्यु भएको हो ।
शुक्रबार बिहान दक्षिणतर्फबाट आउँदै गरेको इन्द्र बाँनिया कन्ष्ट्रक्सनको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक साहको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चलाकलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले आन्दोलन गरेका छन।
बिहान ८ः४५ बजेतिर भएको सो दुर्घटनाका मृतक साह बरहथवा ७ मा रहेको जय शक्तिमान पाउरोटी उद्योगमा काम गर्थे ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भिमफेदी गाउँपालिका–६, सिमलटार बस्ने २७ वर्षीय राजु लामालाई बरहथवा प्रहरीले नियन्त्रणमा लिएको छ ।