
सचतक नेपाल,
१२ श्रावन,जनकपुर — जनकपुरबाट २ लाख रुपैयाँ लुटेर फरार भएका लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।
विदेशबाट श्रीमान्ले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित २ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।
मोटरसाइकल र लुटपाटमा संलग्न लक्ष्मिनिया -७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो ।
सबैला-४ पटेर्वाका देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम-१ स्थित एभरेस्ट बैंकबाट लिएर साउन ८ गते घर फर्किंदै गरेकी २८ वर्षीया शर्मिला देवीको हातबाट लुट्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लुटिएको पैसासमेत बरामद भएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
