सचतक नेपाल संवाददाता,
९ श्रावन, जनकपुरधाम । स्थानीयको भावना अनुसार जनकपुरधाम उपमहानगर पालिकाले जानकी मन्दिर छेउ छाउ सड़क पेटी खाली गराई उक्त खुदरा व्यापारीलाई जानकी मंदिर परिषर मैं व्यवस्थित गरेको छ ।
मंदिर परिषरमा दर्जनों खुदरा पसलहरु संचालन हुँदा मन्दिर दर्शन गर्न आउ जाउ गर्नहरुलाई निक्कै समश्या हुने गरेको छ ।
परिषर नै कब्जा गरेर पसल संचालन भएपछि जानकीमन्दिर परिषर सर्वत्र फोहर भएको छ । सड़क पेटी खाली हुनु राम्रो भएपनि मंदिर परिसर नै कब्जा गरेर पसल संचालन गर्नु मूर्खता कार्य भएको स्थानीयको आक्रोश छ ।
मंदिर परिषरमा व्यापार संचालन भएपछि स्थानीय प्रशाशन , मंदिर व्यवस्थापन र स्थानीय सरकार सबैमाथि गंभीर प्रश्न उठेको छ ।
आज (सोमवार ) देखी मंदिरमा बजार संचालन गरेको वापत २०० देखी ३०० सम्म रूपैया उठाउँदै छ । उक्त रकम मंदिर संचालकले स्थानीय ठीकेदार मार्फत उठाउँदै छ ।