Sunday, June 23
Shadow

पहिराे कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

सचतक नेपाल,
७ श्रावन, चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिएका छन् ।

बर्षायाम शुरु भएसँगै नारायणगढ-मुग्लिन सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ । पहिरो नियन्त्रणका काम भए पनि यस राजमार्गको यात्रा कष्टपूर्ण नै रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *