Sunday, June 23
Shadow

प्रदेश सभाकाे अवराेध हटाउनबारे बैठक बस्दै

सचतक नेपाल,
४ श्रावन, कर्णाली । कर्णाली प्रदेश सभाको अवरोध हटाउनेबारेमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका सांसदले मंगलबार संसद् बैठक बहिष्कार गरेपछि सभामुख राजबहादुर शाहीले दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

सत्ता साझेदार दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनले बताएका छन् ।

माओवादीका सांसदहरूले भने मुख्यमन्त्री जीवनबहादुर शाही आफूहरुले उठाएको विषयमा गम्भीर नभएको बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *