Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
इङ्गल्याण्ड सामु भारत सय रनले पराजीत | Sach Tak Nepal
Tuesday, March 25
Shadow

इङ्गल्याण्ड सामु भारत सय रनले पराजीत

सचतक नेपाल,
इङ्गल्याण्डले दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारतलाई सय रनले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा भारतले आत्मसमर्पण गरेसँगै इङ्गल्याण्डले फराकिलो अन्तरको जित निकालेको हो । यो नतिजासँगै इङ्गल्याण्डले शृंखलामा बराबरी गरेको छ । अब अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका लागि रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।

भारतका अग्रपंक्तिका ब्याट्सम्यानहरुले घुँडा टेकेसँगै इङ्गल्याण्डले घरेलु लर्डस्को मैदानमा भएको खेल सहजै जितेको हो । इङ्गल्याण्डका बलर रीस टोप्लीले उत्कृष्ट बलिङ गर्दै २४ रन खर्चेर ६ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन बनायो । मोइन अलीले ४७ रन बनाए । डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।

त्यस्तै जसप्रित बुमराह र हार्दिक पान्ड्याले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *