Tuesday, June 18
Shadow

दुर्गा भगवतीकाे बागमती नदीमा २ जना बालक डुबेकाे आशंका

सन्दिप मिश्रा ,
३० असार, राैतहट । राैतहट दुर्गा भगवती गाउँपालिका‌ स्थित बागमती नदीमा २ जना बालक डुबेकाे आशंका छ ।

आज बिहान पाैडी खेल्न गएका ६ जना मध्ये ४ जना नदीबाट बाहिर आइसकेका थिए‌। र आफुहरु मध्ये दुई जना बाहिर नआएपछि स्थानियलाई खबर गरेका थिए ।

खबर गर्नासाथ स्थानीय प्रहरी देखी सशस्त्र प्रहरी समेत खारेज तलाशमा जुटेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सचतक नेपाललाई जानकारी दिए ।

वर्ष १५‌ का हर्ष कुमार झा र वर्ष १३ का आदित्य दास नदीबाट बाहिर नआएकाे र प्रहरी हालसम्म खाेजी गरिरहेकाे उनले बताए ।

ती दुई बालककाे शरीर अझै फेला परेकाे छैन् । फेला नपरेकाे कारण बालक डुबेकाे नै हाे कि‌ हाेइन भन्ने स्पष्ट हुन सकेकाे छैन ।

त्यहाँका स्थानीय लगायत प्रशासन समेत खाेज तलाशमा छन् । प्रहरी यस घटनाबारे अनुसन्धान गर्न समेत जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *