
सचतक नेपाल न्यूज डेस्क,
२८ असार, राैतहट । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित केही विद्यार्थी नेताहरु आमरण अनसनमा उत्रिएका छन्।
त्रिभुवन विश्वविद्यालयमा भएको विकृति, विसंगती र शैक्षिक अपराधीकरण विरुद्ध अनसन थालिएको अध्यक्ष पराजुलीले बताएका छन्।
विभिन्न १३ बुँदे माग गर्दै अनेरास्ववियूले अनसन थालेको हो। १३ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाइएको छ।

एमफिल र पीएचडीलाई नियमित बनाउनपर्ने, रोकिएको स्ववियु निर्वाचन नियमित हुनपर्ने, सबै तहको पाठ्यक्रम समयानुसार परिमार्जन हुनपर्ने, परीक्षा सकिएको बढीमा ३ महिनामा नतिजा प्रकाशन गर्नपर्ने लगायतका विभिन्न मागहरु अनेरास्ववियूले उठाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1