
प्रेम यादव,
२५ असार, राैतहट । नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरिक्षक टेक प्रसाद राई नियुक्त भएका छन् ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको थियोे ।
यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी विष्णुकुमार केसीले सम्हाल्दै आएका थिए।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको थियोे ।
समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक राईलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्दै प्राप्त जिम्मेवारीउपरको कार्यसम्पादनमा खरो रूपमा उत्रनुपर्ने भनेका थिए । साथै उहाँले पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने वाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गएको स्थानीय तहको निर्वाचनमा प्रहरीको व्यावसायिकताको कारण प्रहरी धन्यवादको पात्र बनेको उल्लेख गर्दै आउँदा दिनहरूमा समेत थप व्यावसायिक र संवेदनशील भई जिम्मेवारी पूरा गर्न दत्तचित्त हुनुपर्ने उहाँले बताउनुभयो ।
मैले पाएकाे सम्पूर्ण जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गर्दै आएकाे छु ।” म विश्वस्त छु कि निस्ठापूर्वक गरेको कामकाे सरकारले उचित फल प्रदान गर्नेछ” प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले बताए ।
यसअघिका प्रवक्ता एसएसपी केसीको अपराध अनुसन्धान विद्यालयमा सरुवा भएपछि राईलाई उक्त जिम्मेवारी दिइएको हो।
यसअघि मानव बेचविखन ब्यूरोमा कार्यरत राई केही समयअघि मात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए। त्यसअघि उनले ललितपुर परिसरको प्रमुखका रुपमा काम गरेका थिए।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।