![](https://sachtaknepal.com/wp-content/uploads/2022/07/20220709_123238-1024x768.png)
सचतक नेपाल,
२५ असार, राैतहट । आज बिहान राैतहटमा ट्राकटर दुर्घटना हुदाँ घटनास्थलमै एक जनाको मृत्यु भएकाे छ ।
रौतहटको कटहरिया नगरपालिका वार्ड नं.४ मा रहेको हर्शाहा देखि कटहरिया लाल बकैया पुल जोड्ने तटबन्ध (छर्की) बाटो जाँदै ट्राकटर पल्टिएको हाे ।
तटबन्ध बाटो जादै गरेको ना ०४ त ४१४२ नम्बरको ट्राकटर पल्टिँदा सवारी चालककाे घटना स्थलमै मृत्यु भएको छ ।
मृत्युु भएकाे चालक गरुडा नगरपालिका-६ पोथियाही निवासी रहम तुलाकाे २५ वर्षीय छाेरा शैफुला मिया रहेकाे ईलाका प्रहरी कार्यालयकाले सचतक नेपाललाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1