Wednesday, January 15
Shadow

नाबालिक अपहरण गर्ने एक जना पक्राउ

सचतक नेपाल,
२५ असार, राैतहट । एक नावालिकलाई अपहरण गरी २० लाख मांग गर्ने एक अपहरणकारीलाई रौतहट प्रहरीले पक्राउ गरेकाे छ ।

विहीवार सांझ खेल्दै गरेको अवस्थामा छोरी बेपता भएको र पिडितको आफन्तलाई फोन गरी तेरो छोरीलाई हामीहरुले अपहरण गरी बन्धक बनाई राखेका छौं, छोरी वचाउनु छ भने रु,२०,००,०००/- ( बिस लाख) रकम राजपुर न.पा. को  ईद्रिश गेटमा लिएर आउनु, सो रकम नल्याएमा र घटना बारे प्रहरी अथवा अन्य कसैलाई भनेमा अपहरित वच्चाको ज्यान मारी फालि दिने धम्की आएको पिडित परिवारले जनाएका थिए ।

घटना बारे सूचना प्राप्त पश्चात तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली इद्रिश गेटमा पुगी वरपर तथा बहुअर्वा मदर्सा अगाडी सम्म खोज तलास गर्दा पिडित नवालिका राजपुर नगरपालिका वडा नं. १ बहुअर्वा मदर्सा अगाडी सडक छेउमा रहेको गुम्ती पसल नजिक वाँसले बनाएको खाटमा सुताई राखेको भेटीएको र सोही स्थानमा पिडितलाई बन्धक बनाई फिरौती रकम माग गर्ने ईशनाथ नगरपालिका वडा नं. ७ बस्ने बर्ष २४ को महमद अविर हुसैनलाई राती २१:४० बजे फेला पारी निजलाई नियन्त्रणमा लिईएकाे थियाे । र निजले वारदातमा प्रयोग गरेको  बिआर ०५ एफ ०२८२८ नं. को भारतीय मोटरसाईकल समेत बरामद गरिएको हुँदा तत्काल पिडितलाई उद्दार गरी सो घटना सम्बन्धमा अपहरण तथा शरिरबन्धक राख्ने कार्यमा संलग्न व्यक्ति महम्मद अबिर हुसैनलाई पक्राउ गरी अपहरण तथा शरिर बन्धक सम्बन्धी कसुरमा सम्मानित रौतहट जिल्ला अदालतबाट दिन-५ (पाँच) को म्यादथप अनुमती लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *