
सचतक नेपाल डेस्क,
२४ असार, राैतहट । राैतहटकाे देवाही गाेनाही वडा नं .७ बाट चाेरी भएको कम्प्युटरहरु पुरानाे वार्ड कार्यालयमा फेला परेकाे छ ।
बिहिवार राति देवाही गाेनाही नगरपालिका -७ प्रेमपुर बिद्यालयबाट २८ वटा कम्प्युटर लगायत अन्य उपकरणहरु चाेरी भएको थियाे । बिहानै विद्यालयमा चाेरी भएको आशंका पछि स्थानिय भेला भए । बिपदकाे समयमा हालका वडा अध्यक्ष उपेन्द्र राय यादवले तुरुन्तै प्रशासनलाई खबर गरे । साथै उच्चस्तरीय छानबिन गर्न समेत प्रहरीलाई जाेड दिए ।

प्रहरीले छानबिनकाे क्रममा १४ वटा माेनीटर १ थान १ थान सानाे पंखा पूर्व वडा अध्यक्ष जगरनाथ राय यादवकाे जग्गा भएकाे घरकाे बेरीमा बरामद भएकाे ईलाका प्रहरी कार्यालय देवाही गाेनाहीकाे प्रहरी निरिश्क गाेबिन्द शाहले सचतक नेपाललाईले जानकारी दिए ।

याे घटनाबारे प्रहरीले थप अनुसन्धान गरि रहेकाे प्रहरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1