Tuesday, January 21
Shadow

मन्त्री हेरफेरको तयारीमा जसपा, नयाँ मन्त्री को को बन्ने ?

सचतक नेपाल डेस्क,
२० असार, रौतहट । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री हेरफेरको तयारीमा जुटेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री फेरफेरको विषयमा छलफल गरेमा छन्।

जसपाबाट हाल राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री र रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री हुन् ।

हालका मन्त्रीलाई फिर्ता बोलाएर प्रदीप यादव, प्रमोद साह र इस्तियाक राई लगायतलाई पठाउने तयारीमा अध्यक्ष यादव जोड दिएका छन् ।

संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी विभाजन गर्ने भएपछि कतिपय नेता बाबुरामसँगै जाने डरले पनि उपेन्द्रले मन्त्री फेर्न तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *