Sunday, July 21
Shadow

नक्कली नागरिकता सिफारिश गरेको वडा अध्यक्ष र सचिव फरार

सच तक नेपाल डेस्क,
१८ असार, रौतहट । नक्कली नागरिकता सिफारिस गरेको अभियोगमा धनुषा जिल्ला अदालतले जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष एवं वडा सचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रमेश ठाकुर र वडा सचिव माधव रायले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि हाल दुवै जना फरार भएको र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नागरिकता प्राप्त गरिसकेका व्यक्तिलाई पुनः जनकपुरधाम–८ बाट नागरिकताकै लागि सिफारिस गरेपछि उनीहरूका विरुद्ध विभिन्न निकायमा मुद्दा परे को थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *