Wednesday, January 15
Shadow

रौतहट जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगियो:३१ जना घाइते

सचतक नेपाल डेस्क,
१७ असार, रौतहट। रौतहट जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ । तर उक्त दुर्घटनामा बसमा सबार घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ ।

खाल्डाखुल्डीका कारण बस सडकमै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *