Wednesday, October 9
Shadow

फेसबुक पेज बनाइ अनलाइन खरिद बिक्रिको नाममा चरम ठगि

सच तक नेपाल डेस्क,
१५ असार, रौतहट ।
अहिले फेसबुक पेज बनाइ अनलाइन खरीद बिक्री गर्ने नाममा चरम ठगि धन्दा फस्टाएको छ। समाजिक संजालमा ठगी गर्ने व्यापार आजभोली मौलाएको सबैमा अवगत नै छ ।

बिशेस गरि अन्तर्राष्ट्रिय भुक्तानी र विदेश बाट किनमेल गर्न मिल्ने आस्वाशन दिदै डेबिट मास्टर कार्ड र पेपाल अकाउण्ट उपलप्ध गराउने भन्दै अग्रीम भुक्तानी माग्ने र भुक्तानी पाए पछि अनेकन बाहाना गरि रकम ठगि गर्ने हरुको लर्को नै लागेको छ।

आजकाल युवा जमातबिच लोकप्रिय भईरहेको मोबाईल गेम पब जी,फ्री फ़ाएर र अन्तर्राष्ट्रिय भुक्तानीको लागि प्रायोग हुने भनिने पाइनिएर मास्टरकार्ड उप्लभध गराउने भन्दै इ सवा नम्बर ९८२०३६८६९५ मा पैसा हाल्न लगाउने र पैसा पाए पछि अनेकन कुरा गरि पैसा ठगि गर्ने अन अफ़िसिएल पर्चेच नेपालका फेसबुक पेज संचालक सागर रुचाल रहेका छन्।

उनले आफ्नो ई सेवा मा राखेको नम्बर अफ रहने र पिडितले आफ्नो पैसा फिर्ता माग्दा वास्तै नगरी उल्टै थप रकम दिन पर्ने भन्दै बाहाना बाजी गर्ने गरेको पिडितले बताएका छन्।

सहयोग : हेटौडा डायरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *