Wednesday, January 15
Shadow

सप्तकोशीमा पानीको बहाव बढ्यो

सच तक नेपाल डेस्क,
१५ असार, रौतहट । मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दिएको जानकारी अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ ।

यस्तै मोरङको बक्राहा खोलाको पनि त्रास रहेको छ । अहिलेसम्म वस्ती भने जोखिममा नपरेको कार्कीले जानकारी दिए । यस्तै विराटनगरको सिंघीया खोला र केशलीया खोलामा पनि पानीको सतह बढेको छ ।

सिंघीया खोलाका कारण विराटनगर ८ का केही घर परिवार विस्थापित भएका छन् । आज राती कम पानी परेको कारण हिजो विस्थापित भएका केहीको पुनःस्थापना भएको छ । तर, बिहानदेखि पुनः पानी पर्न सुरु गरेको छ ।

यता, सुनसरी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएअनुसार सप्तकोशीमा पनि पानीको बहाव हिजोभन्दा बढेको छ । हिजो साँझसम्ममा १ लाख २५ हजार क्युसेक पानी मापन गरिएको थियो ।

अहिले बिहान ८ बजेको मापनअनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ क्युसेक पुगेको छ । कोशी ब्यारेजको ५२ वटा ढोका मध्ये १९ वटा ढोका खोलिएको छ ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नविन राईले दिएको जानकारी अनुसार प्रदेश १ को उदयपुरको चौदण्डीगढी, धनकुटाको केही भित्री सडक तथा सुनसरीको वराहक्षेत्रमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको छ । अहिलेसम्म प्रदेशमा ५ सय घर परिवार विस्थापित भएको र पुनःस्थापित गराउने पहल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *