Tuesday, June 18
Shadow

५ वर्षीय बालिकालाई जबरजस्ती ,एक किशोर पक्राउ

सचतक नेपाल डेस्क,
९ असार, बारा । ५ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले सोे किशोरलाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ

किशोरले ती बालिकाको घरमा कोही नभएको मौका छोपी सो बालिकालाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएका छन् । प्रहरीले खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *