![](https://sachtaknepal.com/wp-content/uploads/2022/06/accident-1024x600.jpg)
सचतक नेपाल डेस्क,
४ असार, सुर्खेत । सुर्खेतमा ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला ना ४ ख ९७६१ नम्बरको ट्रक शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–११, रुकुम पश्चिमका २४ वर्षीय भीमबहादुर नेपाली र नलगाढ नगरपालिका–१२ जाजरकोटका २४ वर्षीय मिलन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । भीमबहादुर सो ट्रकका चालक हुन् ।
कार्कीका अनुसार ट्रक सडकभन्दा ५० मिटर तल खसेको थियो । दुई जना ट्रकमुनि च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनबाट शव निकालेको थियो ।
उक्त ट्रक दाङबाट सिमेन्ट र सरिया लियर जाजरकोटका लागि छुटेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1