सच तक नेपाल डेस्क,
१ असार, रौतहट । काठमाण्डौंको नयाँ इतिहास बनाउन सफल भएका नवनिर्वाचित बालेन्द्र साह ( बालेन ) अब आएर सुस्त भएको देखिन्छ ।
स्थानिय तहको निर्वाचनमा सबै उम्मेदवारलाई भारी संख्याले हराउन सफल भएका बालेन अब भने आफ्नो जिम्मेवारीबाट पछि परेका छन् । काठमाण्डौंबासीले जुन आश साथ मत दिए थिए भने अब हराउन थालिएको छ ।
स्थानिय तहको निर्वाचनमा जित लगत्तै काठमाण्डौंको सबै फोहोर सफा गर्ने प्रतिबद्धता जनाएका बालेनले आफ्नो जिम्मेवारी निर्वाह गर्ने सकेका छैनन् । “ गर्न न सक्ने कामलाई हुदैन भन्नु पर्छ , हाम्रो आशाबाट खेल्नु हुदैन् ।” स्थानिय भन्छन् ।
स्थानियका अनुसार काठमाण्डौंको स्थिति पहिला भन्दा नि खराब हुन थालिएको छ । “पहिला फोहोर लिन गाडी आउथ्यो अब आउदैन् । भएभरका सबै फोहोर महिनौ देखि घरमै थुपारेर राखेको छु । फोहोर कुहिन थालेको छ । अदि फोहोर लिन गाडी आएन भने फोहोरबाटनै हामी बिरामी हुन्छौ ।” पिडित स्थानियहरुको भनाई छ ।
अर्कातिर मेयर बालेन उपमेयर सुनिता डंगोल सँगै व्यस्त भएको देखिन्छ । मत लिन तातिएका बालेन भन्ने अब सेलाइएको छ । एकातिर काठमाण्डौं स्थानिय फोहोरबाट पिडित बनेका छन् भने अर्कातिर मेयर बालेन उपमेयरसँग कहिले हेटौडा त कहिले कतै घुमघाम गरेको देखिन्छ ।
फोहोरमुक्त बनाउने वाचा गरेका मेयर बालेन असफल भएको स्पष्ट हुदैछ । के काठमाण्डौंबासीले स्वतन्त्र उम्मेदवार बालेनलाई मत दिएर गल्ती त गरेका होइनन् ?
बालेन्द्र साहले महानगरपालिका प्रथम पटक चलाउदैछ । उनलाई कुनै अनुभव भने पनि होइन् । प्रश्न उठछ् की के रौप (गीत) गाउँने बालेनले महानगरपालिकाको नेतृत्व गर्न सक्छन् ?
त्यस्तै नेकपा एमालेबाट उपमेयर पदमा विजयी भएकी सुनिता डंगोलको पनि खास केही भुमिका देखिएको छैन् । देशको राजधानी काठमाण्डौंको नेतृत्व पुरा गर्छन् अनुभव नभएको युवा ?