Tuesday, June 18
Shadow

पत्रकारिता तालिमका लागि आवेदन खुल्ला

सच तक नेपाल डेस्क,
३१ जेठ, रौतहट । प्रेस काउन्सिल नेपालले पत्रकारिता सम्बन्धि तालिमका लागि आवेदन खुल्ला गरेको छ ।

पत्रकारको दक्षता अभिवृद्धिको लागि निर्वाचन केन्द्रित रिपोर्टिङ् गर्ने पत्रकारलाई लक्षित गर्दै काउन्सिलको सहयोग र नेपाल प्रेस इन्स्टिच्यूटको समन्वयमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विषयक तालिमको आयोजना गरेको छ ।

यो तालिम असार १३ गते देखि २४ गते सम्म हुने प्रेस काउन्सिल नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

उक्त तालिममा अनलाइन प्रणालि मार्फत हुनेछ । तालिममा प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना र उपत्यकाबाट १२ जना गरि बढीमा ४० जना कार्यरत पत्रकारलाई सभागी गराइने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *