Sunday, June 23
Shadow

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री नियन्त्रणमा

सच तक नेपाल डेस्क,
३१ जेठ, रौतहट । प्रहरीले लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई नियन्त्रणमा लिएको छ । महिलामाथि हातपात गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

घटनापछि आफूहरूले उदार गरेको जिल्ला प्रहरीले कार्यालयले एसपी सुरेश काफ्लेले बताए । विमलालाई अहिले इलाका प्रहरीले कार्यालय तुलसीपुरमा राखिएको छ।

रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *