
सच तक नेपाल डेस्क,
३१ जेठ, रौतहट । सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि यातायात व्यवस्था विभागले आवेदन खुलाएको छ ।
विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन् ।
यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमतिपत्रको लागि मात्रै अवेदन खुलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1