प्रेम यादव,
३० जेठ, रौतहट । जेल भित्रबाट प्रत्यासी सांसद किरण साहलाई सिध्याउने साजिस भइरहेको रहस्य बाहिरिएको छ ।
राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने साजिस गरि रहेको तथ्य बाहिरिएको छ ।
रौतहट कारागार भित्रैबाट बमकाण्डका अभियुक्त मो. महताब आलमले नेकपा एमाले पार्टी नेपालका क्षेत्र नं.२ सांसद प्रत्यासी किरण कुमार साहलाई ज्यान मार्ने रहस्य छोटेलाल साह, नन्दु साह र सुरेन्द्र बैठाको मार्फतबाट बाहिरिएको हो ।
“आफुलाई एउटा अंजान फोन आयो । फोन केहि दिन पहिलानै कारागारबाट रिहा भएका सुरेन्द्र बैठाले गरेका थिए । बमकाण्डमा नाम मुसिएका महताब आलमले मलाई मार्ने जाल बुनि रहेको थाहा पाउँदा थप बुझ्न कारागार पुगे । प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई यो कुरा सुनाउँदा हामी अनुसन्धान गर्छौ भनी यातना मात्र दिए ।” सांसद प्रत्यासी किरण साहले सच तक नेपाललाई बताए ।
आफुलाई महताबले बुनेको जाल थाह पाएपछि खबर दिएका छोटेलाल साहलाई निर्घात पूर्वक कुटपिट समेत गरेको साहले भने ।
२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं. २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ । सोही बमकाण्डमा घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको मुद्दामा फरार रहेका महताब आलमलाई भारत बिहारको मोतिहारी बाट पक्राउ गरिएको थियो । हाल उनी गौर कारागार भित्र छन् ।