Sunday, January 19
Shadow

मेयर बालेनद्धारा सुनको धाराबाट पानी झार्ने घोषणा

सच तक नेपाल डेस्क,
२९ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित सुनको धाराबाट पानी झार्ने घोषणा गर्नुभएको छ ।

शनिबार दिउँसो धराहरा क्षेत्रको अनुगमन र निरीक्षणपछि मेयर शाहले सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिनुभएको हो ।

उहाँले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताउनुभयो । संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले निर्देशन समेत दिनुभएको छ ।

केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गर्न उहाँले निर्देशन दिनुभएको हो ।

मेयर शाहले पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व भएका कारणले दुवैको महत्व भएको बताउनुभयो ।

शाहले टुँडिखेलबाट पानी ल्याउने कुराबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा पनि आफ्नो छलफल भएको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *