Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न | Sach Tak Nepal
Monday, February 17
Shadow

चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न

प्रेम यादव,
२८ जेठ, रौतहट । आज रौतहटको चन्द्रपुरमा व्यापक राहत वितरण कार्यक्रम विधिगतरुपले सम्पन्न भएको छ ।टेवा नेपालको आर्थिक सहयोगमा चन्द्रपुर नगरपालिका वडा ४ मा खाधान्न समाग्री वितरण भएको छ । आजको राहत वितरण कार्यक्रम महिला सुरक्षा दवाव समुहले आयोजना गरेका थिए ।

कोभिड–१९ को सन्दर्भमा सामुदायिक जालो र नारीवादी आन्दोलनको सृदृढीकरण अन्र्तगत व्यापक राहत वितरण गरिएको हो । टेवा को आर्थिक सहयोग र महिला सुरक्षा दवाव समूह चन्द्रपुर ४ रौतहटको संयोजकत्वमा चन्द्रपुर नगरपालिकाको विभिन्न वडाहरुका दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगी गरी जम्मा २३ जनालाई खाधान्न, भाडाँकुडी, मोबाइल सेट, ग्याँस चुल्ला, बीउविजनहरु वितरण गरिएको हो ।

“दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगीले व्योह्र्नु पर्ने समस्यहरुलाई पूर्ण गरेर टेवा नेपाल र महिला नारीवादी आन्दोलनका प्रमुख तत्वका लागि राहत वितरण गरेका छौँ” महिला सुरक्षा दवाव समूहकी अध्यक्ष देवकी नेपालले सच तक नेपाललाई भने । अध्यक्षको नाताले यो कार्यक्रमसँग भएको २ वर्ष भयो । हामीले यो तेस्रो पटक राहत बाडेको अध्यक्ष नेपालले बताए । यो अभियान मार्फत पहिलो पटक हो तर अन्य अभियानबाट पनि हामीले राहत बितरण गर्दै आएको अध्यक्ष नेपालले जानकारी दिए ।

राहत पाएपछि त्यहाँका स्थानियहरु हर्सित भएका छन् । यस्ता वितरण कार्यक्रमबाट पीडितहरुको घाउँमा मलहमको काम गरेको छ ।

त्यस्तै मिना कुमारी जर्गाको संयोजकत्वमा ११ सदस्य कार्य समिति साथै ६१ जनाको समिति गठन समेत भएको छ । उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिका १ अन्तर्गत सामुदायिक सुरक्षा जालो गठन पनि भएको हो ।

राहत वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रपुर ४ का वडा अध्यक्ष रवि राना, चन्द्रपुर १ का अध्यक्ष बलराम राउत, बलराम खडका, सुब्बा कार्की, राकेश यादव लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

महिला सुरक्षा दवाव समूहका अध्यक्ष देवकी नेपालको अध्यक्षतामा आजको वितरण कार्यक्रम सम्पन्न भएको छ ।

( नोट : यो कार्यक्रमसँग सम्बन्धित भिडियो आइतवार १ बजे सच तक नेपालको अफिसियल फेसबुक र युट्युब मार्फत हेर्न सक्नु हुनेछ । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *