Tuesday, June 18
Shadow

मधेश सहित ४ वटा प्रदेशमा मनसुन

सच तक नेपाल डेस्क,
२८ जेठ, रौतहट । यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुन प्रणाली प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका बाँकी भू–भागमा केही दिनपछि मनसुन प्रणाली प्रवेश हुने विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडिनै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो ।

देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा अन्य प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *