Sunday, June 23
Shadow

करिब ५ किलो गाँजा सहित एक जना पक्राउ

सच तक नेपाल डेस्क,
२७ जेठ, मकवानपुर । अवैध लागुऔषध गाँजा सहित प्रहरीले एक १८ वर्षीय युवा पक्राउ परेको छ । मनहरी गाउँपालिका-७ स्थित सडकबाट ४ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ६५७० नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *