प्रेम यादव,
राजनीति वा लाजनिति — “काम नगर्दा नि हुने , गफ गरेकै भरमा, झुट बोलेकै भरमा, धम्की देखाएकै भरमा जिविका चलाउन पुग्ने । लाउन खान मात्र हैन, मनग्ये धनी बन्न सकिने , दौलत र सम्पत्ति आर्जन गर्न सकिने । ”
नेपाल मा राजनीति भनेको धारा पधेरा मा गरिन्छ,अर्का को खुट्टा तान्न मा गरिन्छ,अपहरण गर्न मा गरिन्छ,बलत्कारी बचाउन मा गरिन्छ तेसै गरि सबै क्षेत्रमा जानी न जानी संलग्न छन !! राजनिती गर्नै पर्ने ?
साच्चिकै भन्नू पर्दा जनता भन्दा नेता बढी देख्न थालेको छु कलकारखाना र उद्योग भन्दा राजनीतिक पार्टी धेरै देख्दै छु भने पछि राजनीति भने को रास्ट्र को सेवा गर्ने धर्म हो भन्ने परिभाषा बिर्सेर राजनीति लाई ब्यापार व्यावसाय र कमाइ खाने भाडो बनाए कै हुन त ?
हामी ले ठुला ठुला चुनाव देख्यौ ,ती चुनाव मा केही दल हरु अरु संग हारेन्न बरु अफ्नै संग पराजित हुनु पर्यो , सौता को रिश ले पोइ को काख मा फोहोर गर्ने जस्तो देखियो , आत्मघाती गोल भयो !
यसले हाम्रो राजनैतिक आचरण र स्वभाव भ्रष्टिकरण भए को प्रष्ट देखिन्छ !
ब्याक्तीगत स्वार्थ र गुटगत अतिवाद का कारण राजनिती फोहोर भयो र अहिले आएर डुङ्ग डुङ्गती गन आएर स्वच्छतापूर्वक सास फेर्न पनि कठिन भए को अबस्था हो !
राजनिती मा अपराधिकरण अर्को मेन कुतत्व छ ! तेस्को अन्त्य गर्न हामी ले कस्तो कदम चाल्दा ठिक होला ?
तपाईं को उत्तर थाहा भएन तर मेरो अनुसार रास्ट्र र जनताले खोजेको एजेन्डा अघि सार्नु पर्छ अनि अघि सार्ने मात्र हैन गरेर देखाउनु पर्छ ! साचिकै भन्दा अब राजनीति भन्दा पनि लाजनीति गर्ने नेता भनौ वा दलाल बढेका छन् ।