Wednesday, October 9
Shadow

कमिसनको खेलमा गौर र प्रादेशिक अस्पताल अव्यवस्थित

सच तक नेपाल संवाददाता,
२६ जेठ, रौतहट । मधेश प्रदेश सरकारको लापरवाही कारण गौर अस्पताल अव्यवस्थित बन्दै गएको छ । गौर अस्पताल लगायतका विभिन्न सरोकार राख्ने प्रायः सेवाको अवस्था त्यति राम्रो नरहेका स्थानियहरुको भनाई छ ।

विभिन्न वलिदानी पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र को स्थापना भयता पनि स्थानीयले सोको अनूभूति अझै पाउन सकेको छैन ।
मानव जिवनमा शिक्षा र स्वास्थ्य सबै भन्दा प्राथमिकताको बिषय हो । हरेक प्रदेशका सबै जिल्लामा एउटा प्रादेशिक अस्पतालको स्थापना रहेको छ । सोही अन्तर्गत प्रादेशिक अस्पताल लाई पूर्णता दिने जिम्मेवारी पनि सम्बन्धित प्रदेश सरकारको रहेको छ । जून मधेश प्रदेश सरकारले विगत एक वर्षदेखि आफ्नो भुमिका निर्वाह गर्न सकेको छैन ।

प्रदेश सरकार अन्तर्गत समाजिक विकास मन्त्रालय को जिम्मामा रहेको प्रादेशिक अस्पताल गौरमा अहीले जम्मा १०३ जना कर्मचारी हरूको जम्बो टोली छन् । ती मध्ये २७ जना मात्र स्थायी छन भने अन्य सबै करारमा काम गर्दै छन ।

मधेश प्रदेशको समाजिक विकास मन्त्री र गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको मिलोमतोमा कमिसनको खेल कसरी हुदैछ भन्ने रोचक बिषय बन्न पुग्छ । समाजिक बिकास मन्त्री नवल किशोर साह रहेका छन् । गौर अस्पतालको मेसु साहले भ्रष्टाचार, भागबन्डा, लथालिङ्ग बाट आएको रकमलाई कमीशन को रूपमा सिधै मन्त्री नवल किशोर साह सम्म पुर्याउँछन् । जसकारण मन्त्री साहले अस्पतालको व्यवस्थापनको लागी अध्यक्ष समेत तोकेको छैन भन्ने प्रष्ट देखिन्छ ।

जबसम्म व्यवस्थापनको लागि अध्यक्ष नियुक्त हुदैन् भने अस्पताल लाई कसले व्यवस् देख्छ? यस्तो थुप्रै प्रश्नहरू छन् ।

सच तक नेपालका संवाददाताले गौर अस्पताल को बारेमा मन्त्री साह सँग “अस्पताल विकास समितिका अध्यक्ष राख्नू पर्ने कानूनी व्यवस्था हुँदा हुँदै पनि हाल सम्म किन राख्नू भएन  ? ” भनेर प्रश्न गर्दा , यो मेरो व्यक्तिगत मामीला हो तपाईहरुलाई वताऊनू जरूरी छैन् भनेर जवाफ फर्काए ।

बिना अध्यक्ष प्रादेशिक अस्पताल चल्न सक्छ भने बिना मन्त्री समाजिक विकास मन्त्रालय चल्ने व्यवस्था किन मिलाइएन् ? यस्ता नेता, मन्त्री कारण नै सिङ्गो मधेश प्रदेश नै असफलता तिर बढेको जसपाकै स्थानीय नेताहरूको भनाई छ ।

यसकारण बेलैमा प्रदेश सरकार तथा सम्बन्धीत पार्टी को अग्रजहरुको सचेत हूनू,गराउनु आवश्यक रहेको छ। नत्र आऊने पाँच बर्ष सम्म चूनावी हारको समिक्षा गर्नु को अलावा कूनै कामै बाँकी रहने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *