Saturday, November 2
Shadow

नेपाल प्रहरीका दुई एआइजीको सरूवा, पाँचको पदस्थापन

सच तक नेपाल डेस्क,
२५ जेठ, रौतहट । नेपाल प्रहरीका हालै प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका पाँच जनाको पदस्थापन भएको छ।

त्यस्तै दुई जना एआइजीको सरूवा समेत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयले पदस्थापन तथा सरूवा गरेको हो।

मानवस्रोत विकास विभाग नक्सालमा रहेका विश्वराज पोखरेलको प्रदेश समन्वय विभागमा सरूवा भएको छ।

रविन्द्रबहादुर धानुकको प्रशासन विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा भएको हो।

रानीपोखरीमा रहेका उत्तमराज सुवेदीको केन्द्री अनुसन्धान ब्युरो महाराजगन्जमा पदस्थापन भएको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अरूणकुमार बिसीको प्रशासन विभाग नक्साल, गण्डकी प्रदेश प्रहरी कार्यालयका दिवेश लोहनीको अपराध अनुसन्धान विभाग नक्साल, कार्य विभाग कार्य निर्देशनालयका मुकुन्दराज आचार्यको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी पुजा सिंहको मानवस्रोत विकास विभागमा सरूवा भएको हो।

सूची :

aigp-promotion-2079-02-24

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *