Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
अवैध सुन सहित ७ जना प्रहरीको नियन्त्रणमा | Sach Tak Nepal
Monday, February 17
Shadow

अवैध सुन सहित ७ जना प्रहरीको नियन्त्रणमा

सच तक नेपाल डेस्क,
२४ जेठ, रौतहट । अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए।

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याउँदैछन् भन्ने सूचना प्रहरीले पाएको थियो।

सूचनाको आधारमा प्रहरीले कार्यालयबाट विशेष अनुसन्धानको टोली खटिएको थियो। त्यसक्रममा प्रहरीले सुरूमा दुई जनामाथि निगरानी राखेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेटबाहिर गुल्मी घर भई रूपन्देहीको सैनामैना-१ बस्ने ४२ वर्षीय सुरेशबहादुर शाही र कपिलवस्तु बस्ने २९ वर्षीय सन्दीप चन्द ठकुरीमाथि निगरानी राखेको थियो।

उनीहरूमाथि शंका लागेर चेक गर्दा उनीहरूले लगाएको कपडामा सुनको धुलो बनाएर ल्याएको फेला परेको हो। उनीहरूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरलगायत विभिन्न भागहरूमा सुनको पेस्ट लगाएको फेला परेको हो।

सन्दीप चन्द ठकुरीबाट ५७२.१६० ग्राम र सुरेशबहादुर शाहीबाट ३९६.८९ ग्राम सुन फेला पारेको हो। प्रहरीले उक्त मात्राको सुन कपडाबाट पगालेर निकालेको हो।

‘उनीहरूले कपडामा पेस्ट बनाएर ल्याए। त्यसलाई नपगाली ननिस्किने रहेछ,’ कोइरालाले भने,‘कपडा डढाएर, धुलो बनायो। त्यसपछि केमिकल हालेपछि मात्रै सुन निस्किएको हो।’

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएपछि फेरि अन्य पाँच जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

‘सुरूमा पक्राउ परेका दुई जनाबाट त्यो बरामद भएपछि उनीहरूले कसलाई दिन्छन् भन्ने अनुसन्धान गर्दै जाँदा अरू पक्राउ परेका हुन्,’ उनले भने,‘एकले अर्कालाई दिनु भने त्यसले पनि अर्को मान्छेलाई दिनु भनेका रहेछन्। तीनवटा तहका मानिस समातिएका छन्।’

पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई काठमाडौं बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर-४ घर भई बुढानिलकण्ठ बस्ने ४१ वर्षीय राहुल भन्ने बरूणभक्त माथेमा र चीनको तिब्बतका घर भई बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन छन्।

त्यस्तै नवलपरासी पश्चिम सुनवाल-१० घर भई माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुषाल र भारतको दिल्ली कृष्णनगर घर भई ललितपुरको बागडोल बस्ने ५१ वर्षीय अमन राजपुत छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले सो सुन भारततर्फ लग्न खोजेको देखिएको छ। उनीहरूलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण काठमाडौं पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *