Wednesday, January 15
Shadow

१२ जिल्लाका नदी नालामा बहाव बढ्ने सम्भावना

सच तक नेपाल डेस्क,
२३ जेठ, रौतहट । देशका १२ जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *