Wednesday, October 9
Shadow

सफा हिमाल अभियान २०२२ सम्पन्न

सच तक नेपाल डेस्क,
२३ जेठ, रौतहट । सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालित “सफा हिमाल अभियान २०२२” सम्पन्न भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने उद्देश्यसाथ अभियान सञ्चालन गरिएको थियो । गएको चैत २२ देखि यही जेठ २२ गतेसम्म सञ्चालित अभियानबाट सेनाले ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको जनाइएको छ ।

त्यसमध्ये कुहिने सात हजार २२७ किलो फोहोर स्थानीय गाउँपालिका तथा नकुहिने फोहोर २६ हजार ६५० किलो रिसाइकल एजेन्सीलाई प्रदान गरिएको थियो ।

उक्त अभियानका क्रममा कञ्चनजंघा आधार शिविरमा पहिचान नखुलेका दुई मानव अस्थिपञ्जर समेत फेलापरेको थियो । अस्थिपञ्जरहरू ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाएको सेनाले जानकारी दिएको छ ।

समापन कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सबैको साथ, सहयोग र सामूहिक भावनाका कारण अभियान सफलतापूर्वक सम्पन्न भएको बताए । अभियानमा संलग्न र सघाउने विभिन्न व्यक्तिरसंस्थाहरूलाई प्रमाणपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *