Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
बंगलादेशको एक डिपोमा विस्फोट, १६ जनाको मृत्यु | Sach Tak Nepal
Monday, February 17
Shadow

बंगलादेशको एक डिपोमा विस्फोट, १६ जनाको मृत्यु

सच तक नेपाल डेस्क,
२२ जेठ, एजेन्सी । बंगलादेशको दक्षिणपूर्वी सहरमा रहेको एउटा डिपोमा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

बंगलादेशको सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण डिपोमा आगलागी भएको थियो र उक्त आगो निभाउनका लागि अग्नि नियन्त्रकहरुलाई बोलाइएको थियो र त्यति नै बेला बिस्फोट भएको थियो ।

घाइतेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र ६० देखि ९० प्रतिशतसम्म जलेको बताएको छ । यद्यपी आगलागीको कारण भने खुल्न सकेको छैन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोमा राखिएका केही कन्टेनरमा केमिकल मिसाएर राखिएको थियो । जसका कारण आगलागी भएको बताइएको छ ।

स्थानीय पत्रिका प्रोथोमालोका अनुसार विस्फोट यति शक्तिशाली थियो कि नजिकैका केही भवनका झ्यालसमेत भाँच्चिएको थियो । घटनास्थलबाट करिब चार किलोमिटरसम्म विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

देशको दोस्रो ठूलो सहर चटगाउँबाट सीताकुण्ड मात्र ४० किलोमिटर टाढा छ । दुर्घटनापछि सहरका अस्पतालहरू घाइतेहरूले भरिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार डिपोका कर्मचारी, आगो निभाउन आएका दमकल र घटनास्थलमा उपस्थित प्रहरी जवान घाइते भएका छन् । डिपोमा करिब ६०० जना कर्मचारी रहेको डिपोको फेसिलिटी डायरेक्टर मुजिबुर रहमानले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *