Sunday, July 21
Shadow

ब्राजिलमा वर्षा र बाढी, सय जनाको मृत्यु

सच तक नेपाल डेस्क,
१९ जेठ, एजेन्सी । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा सय जना पुगेको प्राप्त समाचारमा जनाइएको छ ।

यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो । ब्राजिलको उत्तर क्षेत्रीय शहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ ।

त्यस शहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *