सच तक नेपाल डेस्क,
१८ जेठ, राैतहट । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा हेभी इक्युपमेन्टस ड्राइभिङ चौथो समूहको तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले सोमबार आयोजित कार्यक्रममा उक्त तालिम उद्घाटन गरे ।
कार्यक्रममा प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ४ जना गरी जम्मा १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।
हेभी इक्युपमेन्ट चलाउन, सामान्य मर्मत संभार गर्न, हेभी इक्युपमेन्ट चलाउँदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा ज्ञान हासिल गर्ने लगायत सोसँग सम्बन्धित समस्याहरुलाई सरल एवं सहज रुपमा समाधान गर्न योग्य र दक्ष हेभी इक्युपमेन्टस चालकको रुपमा जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको छ ।