Sunday, September 15
Shadow

आईजीपी बढुवा विवादबारे रिटमाथि आज सुनुवाइ हुदै

सच तक नेपाल डेस्क
१७ जेठ, रौतहट । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाई न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा हुने भएको छ।

मंगलवारबाट सुरु हुने अन्तिम सुनुवाईको पेशी गोलाप्रथाबाट न्यायाधीशद्वयको इजलासमा परेको हो।

गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि डीआईजी विश्वराज पोखरेलले रिट दायर गर्नुभएको हो । आफू पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने पोखरेलको माग छ।

यसअघि गत २२ बैशाखमा न्यायाधीश शुष्मातला माथेमाको एकल इजलासले मुद्धाको अन्तिम सुनुवाई १७ गते गर्ने आदेश दिएको थियो। माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैका कागजात झिकाएको थियो।

पोखरेलले आफूलाई तत्काल निमित्त दिन र धिरजलाई काम गर्न रोक लगाउन माग गरे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो। दुवै पक्षले सुनुवाइ सार्न नपाउने गरी सर्वोच्चले आजबाट सुनुवाई सुरु गर्ने भएको हो।

यसअघि सिंहलाई एआईजीमा बढुवा गर्दाको रिट पनि सँगै राखिएको छ। त्यतिबेला तीन डीआईजीले आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै रिट दायर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *