सच तक नेपाल डेस्क,
१६ जेठ, रौतहट । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
आज (सोमवार) राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो ।
नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गर्नुभएको थियो । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी हुनुभएको थियो ।
मेयर साहले शपथ ग्रहण गरेपछि उहाँले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराउनुभएको छ । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गर्नुभएको छ । त्यसपछि मेयर साहले वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1