Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान | Sach Tak Nepal
Monday, February 17
Shadow

सबै यात्रुकाे मृत्यु, टुक्रा टुक्रा अवस्थामा भेटियाे विमान

सच तक नेपाल डेस्क,
१६ जेठ, राैतहट । दुर्घटनामा परेको तारा एयरको ९एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो।

अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका सिंह हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिएराती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेंडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए। उनका अनुसार जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ।

जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन। सिंहका अनुसार शवहरु सकुशल छन तर कोहिपनि जिवित भेटिने सम्भावना छैन। आगो नलागेकाले होला शवहरु सकुशल छन, सबैको अनुहार चिनिने अवस्थामा छन’–उनले भने। उनले अहिलेसम्म आफूहरुले १२ वटा जति शव संकलन गरिसकेको जानकारी दिए।

बाँकी शवहरु नजिकैको खोंचमा रहेकाले संकलनमा समस्या परेको उनको भनाई छ ।सिंहका अनुसार उद्धारका लागि अहिलेसम्म सुरक्षा निकायका कोहिपनि पुगेका छैनन। भेंडी गोठालाले भनेको कुरा नपत्याई बसेका कारण सेना नपुगेको उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *