Wednesday, January 15
Shadow

अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना

सच तक नेपाल डेस्क,
१५ जेठ, एजेन्सी । अमेरिका र चीनबीच विद्युतीय मुद्राको लडाइँ चर्किने सम्भावना बढेको छ ।

अमेरिकाका रिपब्लिकन सांसदहरूले याप स्टोर र गूगल मार्केटमा डिजिटल युआन स्वीकार गर्न प्रतिबन्ध लगाउने एक विधेयक संसदमा पेश गरेका छन् । सांसदहरू टम कटन, मार्को रुबियो र माइक ब्राउनले यो विधेयकको प्रयोजन गरेका हुन् ।

यस विधेयकले चीनको टेन्सेन्ट र ज्याक माको यान्ट ग्रुपलाई सबभन्दा ठूलो असर पार्नेछ । विधेयकको मस्यौदा हेर्दा यसले टेन्सेन्टको वीच्याट मेसेजिङ याप र यान्ट ग्रुपको अलीपे पेमेन्ट सर्भिसलाई याप स्टोरबाट हटाउन खोजेको देखिन्छ ।

यसको प्रतिक्रियास्वरूप चीनले याप्पल कम्पनीलाई तारो बनाउनेछ । त्यसबाहेक अमेरिकाका अन्य आईटी कम्पनीहरूमाथि पनि नियन्त्रण लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *