Tuesday, January 21
Shadow

जनकपुरमा लागुऔषधसहित एक युवक पक्राउ

सच तक नेपाल डेस्क,
१४ जेठ, रौतहट । लागूऔषधसहित जनकपुरबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय चुनचुन सहनी रहेका छन् ।

बिहीबार मध्यराति जनकपुरधाम उपमहानगरपालिका १२ स्थित क्याम्पस चोकमा चेक जाँच गर्ने क्रममा जटहि तर्फबाट शंकास्पद रूपमा पैदल आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रतिबन्धित नाइट्रोभेट ट्याबलेट २६ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चुनचुनमाथि लागूऔषध शीर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *