Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्नुपर्‍यो : दाहाल | Sach Tak Nepal
Monday, February 17
Shadow

पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्नुपर्‍यो : दाहाल

सच तक नेपाल डेस्क,
१४ जेठ, रौतहट । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि अगाडि बढ्नुपर्ने बताएका हुन् । “अहिले देश सहज परिस्थितिमा पक्कै पनि छैन । कोभिडको कारणले त्यसबाट सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको पोलराइजेसनको नयाँ परिस्थितिका कारण विभिन्न ठाउँका युद्धहरूका कारण विभिन्न शक्ति केन्द्रहरूको स्थितिमा आएको फेरबदलको कारण पनि त्यसको असर दुनियाँभरि परेको छ र त्यसबाट नेपाल पनि अछुतो छैन,” उनले भने, “यसको सामना एउटा राजनीतिक दल विशेषले या सरकार एक्लैले मात्रै गर्न सक्ने स्थिति पनि छैन । तर, मुख्य दायित्व सरकारकै हुन्छ ।”

महँगीको मारमा जनता परेको र त्यसले झन् समस्या पार्ने हो कि भन्ने दाहालको आशंका थियो । उनले त्यसलाई रोक्नका निम्ति सरकारले समयमै कदम चाल्नुपर्ने बताए । “महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । प्रत्येक भान्साबाट विद्रोह हुने हो किन भन्ने परिस्थित बन्दैछ । दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ । यसको सामना हामीले गर्नु छ,” उनले सुझाव दिए, “पेट्रोलियम पदार्थको मूल्यवृद्धि जसरी भएको छस हाम्रा छिमेकीहरूले यो मूल्यवृद्धिको मारबाट जनतालाई जोगाउनका लागि पहिला उठाउने भनेको कर छुट दिएर त्यसबाट मूल्य समायोजन गर्ने कोसिस भएको छ । हाम्रो पनि यसअगाडि पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छस त्यो कर घटाएर र हटाएर जसरी भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् ।”

दाहालले सरकारलाई त्यसलाई गम्भीर बन्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीसँग पनि त्यसबारे छलफल भएको जानकारी दिए । “प्रधानमन्त्रीलाई अस्तिमात्रै पनि भनेको छु कर घटाएर भएपनि मूल्यवृद्धि रोक्नुपर्‍यो । हामीले यसलाई गम्भीर रूले लिन सकेनौं भने जनतामा असन्तुष्टि र आक्रोश बढ्छ र त्यसले संकट झन् गम्भीर हुने खतरा छ,” उनले भने । प्रधानमन्त्रीले मूल्यवृद्धि नियन्त्रणबारे कदम चाल्ने बताएको पनि दाहालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *