Sunday, June 23
Shadow

शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु

सच तक नेपाल डेस्क,
१४ जेठ, रुपन्देही । दाङमा शिकार खेल्न गएको २३ वर्षीय युवकको गोली लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी वर्ष २३ का कालुराम घर्ती मगरको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

घाँटीमा गोली लागेको उनको शवलाई लमही अस्पतालमा राखिएको छ। घटनामा सलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ ।

प्रहरीले २८ वर्षीय निमबहादुर घर्तीमगर, ४० वर्षीय जिवलाल घर्तीमगर, २४ वर्षीय दिल बहादुर घर्तीमगर, १७ वर्षीय आकाश घर्तीमगर, १३ वर्षीय विशाल घर्तीमगर, ५५ वर्षीय ओमबहादुर घर्तीमगर, ३८ वर्षीय खगेन्द्र घर्तीमगर र वर्ष ४० वर्षीय बुद्दीमान घर्तीमगर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेलबासेका अनुसार उनीहरु सबै लमही नगरपालिका वडानम्बर १ बौराह निवासी हुन् । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको र घटना सम्बन्धी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *