सच तक नेपाल डेस्क,
१४ जेठ, रौतहट । पर्साबाट एक भारतीय नागरिकलाई प्रहरीले अवैध रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी ४ का ४१ वर्षीय संजय राम रहेको प्रहरीे जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटमा प्रहरी चौकी इनरुवाबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई शंकास्पद अवस्थामा रोकी खानतलासी गर्दा स्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ ।
संजय रामको साथबाट स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
शुक्रबार साँझ पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।