
सच तक नेपाल डेस्क,
१४ जेठ, रौतहट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमा अझै अंहकार र दम्भ रहेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट आफैं हट्नु परेको र सातवटै प्रदेश सरकारबाट बाहिरिसक्दा पनि ओलीमा दम्भ र अहंकार नगएको बताएका हुन् । स्थानीय तहको निर्वाचनपछि ओली आत्मसमीक्षा गरेर अगाडि बढ्ने आफूले अपेक्षा गरेको तर उनमा अझै पुरानै अंहकार र दम्भ कायम रहेको संसदको संबोधनबाट देखिएको बताए ।
गठबन्धनले धम्क्र्याएकाले चितवनका जनताले भोट दिएको ओलीले बताएको भन्दै प्रचण्डले भने, “मतदाताप्रति यो भन्दा ठूलो अपमान के हुन्छ रु धम्क्याएको भरमा जनताले भोट दिन्छन् रु यो उहाँको अभिव्यक्ती भरतपुरका जनताको अपमान हो ।”
प्रचण्डले ओली दुबैपटक माओवादीको सहयोगमा प्रधानमन्त्री भएको दाबी गर्दै भने, “अब प्रधानमन्त्री भएर देखाउनुस् । अबको चुनावबाट प्रधानमन्त्री भएर देखाउनुस्, तपाईंलाई एमालेको प्रधानमन्त्री भनेर मानिन्छ ।”