Sunday, July 21
Shadow

वडा अध्यक्ष यादवले गरे पदभार ग्रहण

सच तक नेपाल डेस्क,
१३ जेठ, राैतहट । देवाही गाेनाही नगरपालिका ७ का नवनिर्वाचित वडा अध्यक्ष उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।

वैशाख ३० गते भएकाे स्थानीय तहको निर्वाचनमा देवाही गाेनाही नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सम्पुर्ण प्यानेल नै बिजयी भएकाे हाे । उनले कुल ५९८ मत प्राप्त गरेका थिए भने उनकाे प्रतिद्धन्दी जगरनाथ राय यादवले ५५२ मत प्राप्त गरेका थिए ।

४६ मतले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र राय यादव विजयी भएका हुन् । देवाही गाेनाही नगरपालिकाकाे वडा नं.७ मा नेपाली कांग्रेसकाे प्यानेल नै बिजयी भएकाे छ ।

देवाही गाेनाही वार्ड नं.७ लाई नमुनाका रुपमा परिवर्तन गर्ने नवनिर्वाचित अध्यक्ष यादवले प्रतिबद्धता जनाएका छन् ।

विजय पश्चात आज वडा अध्यक्ष तथा सदस्यहरुले आज पदभार ग्रहण गरेका छन् । वडा अध्यक्ष उपेन्द्र यादव, सचिव हनुमान राय यादव,दलित महिला सदस्य कुसुम देवी यादव, सदस्य राजेन्द्र राउत कुर्मी र सदस्य राम अयाेध्या लगायतका जनप्रतिनिधिहरुले आज पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *