Tuesday, June 18
Shadow

बलरा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले लिए शपथ

सच तक नेपाल डेस्क,
११ जेठ, सर्लाही । सर्लाही जिल्लाको दक्षणी भु–भागमा अवस्थित बलरा नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् ।

देशमा भएको स्थानिय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुले आज शपथ लिएका छन् । नवनिर्वाचित नगरप्रमुख रामाशंकर कुशवाहाले उपप्रमुख कोशिला देवी दास लगायत वडा अध्यक्षहरुलाई  शपथ खुवाएका छन् ।

बलरा नगरपालिकाको सभा हलमा आयोजित शपथ समारोहमा नगरप्रमुख, उपप्रमुख, १० नम्बर वडाका अध्यक्ष दिनेश कुशवाहा , ३ नम्बर वडाका अध्यक्ष आनन्द मिश्र लगायत अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा उम्मदेवारी दिएका रामाशंकर कुशवाहा र माओवादीकै उपप्रमुख समेत विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
7
+1
2
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *